सनसनीपूर्ण खेलमा दक्षिण अफ्रिकाद्वारा बंगलादेश पराजित

आईसीसी टी २० विश्वकप २०२४ अन्तर्गत सोमवार राती भएको सनसनीपूर्ण खेलमा दक्षिण अफ्रिकाले जित हासिल गरेको छ । दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

न्यूयोर्कको नसाउ काउन्ट्री इन्टरनेशनल क्रिकेट मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । तर दक्षिण अफ्रिकाका लागि टस जितेर ब्याटिङ रोज्नु त्यति फलदायी साबित भएन । दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर केबल ११३ रन मात्र बनाउन सफल भयो ।

स्लो पीचमा दक्षिण अफ्रिकाले एक पछि अर्को विकेट गुमाउँदा एक समय २३ रनमा चार विकोट गुमाएको अवस्था थियो । तर यसपछि हेनरिक क्लासेन ४६ र डेविड मिलरले २९ रनको पारी खेल्दै दक्षिण अफ्रिकालाई सम्मानजनक स्थितिमा पुर्याएका थिए ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न तन्जीम हसन साकिबले ३, तस्कीन अहमदले २ र रिसाद हुसेनले १ विकेट लिएका थिए ।

११४ रनको विजय लक्ष्य पाएको बंगलादेशले उत्कृष्ट शुरुवात गरेपनि निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०९ रनमा समेटिएको थियो । एक समय ५० रनमा एक विकेट मात्र गुमाएको बंगलादेशले खेलमा आफ्नो जमाए पनि त्यसपछि क्रमिक रुपमा विकेट पतन हुँदा हारको मुख देख्नु परेको थियो ।

बंगलादेशलाई अन्तिम ओभरमा जितको लागि ११ रनको आवश्यकता थियो । त्यसवेला बंगलादेशसँग ५ विकेट हात थियो भने अनुभबी महमुदुल्लाह र जाकेर अलि क्रिजमा थिए । तर अन्तिम ओभरमा दक्षिण अफ्रिका केसब महाराजले उत्कृष्ट बलिङ्ग गर्दै ६ रन मात्र दिएपछि बंगलादेश ४ रनले पराजित हुन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :