मुम्बई क्रिकेट संघका अध्यक्ष अमोल कालेको हृदयघातबाट अमेरिकामा निधन

मुम्बई क्रिकेट संघ (एमसीए) का अध्यक्ष अमोल कालेको हृदयघातका कारण अमेरिका निधन भएको छ । जारी टी २० विश्वकपमा भारत र पाकिस्तानबिरुद्धको खेल सकिए लगत्तै कालेलाई हृदयघात भएको थियो ।

अमोल काले भारत र पाकिस्तान बिरुद्धको खेल हेर्न सचिव अजिङ्क्य नाइक, सदस्य सुरज सामत र अन्य एमसीएका पदाधिकारी सहित नासाउ काउन्ट्री क्रिकेट स्टेडियम पुगेका थिए । तर खेल सकिएको केहि समयपश्चात हृदयघात भएपछि कालेको निधन भएको थियो ।

४७ वर्षिय कालेले सन २०२२ मा भएको निर्वाचनमा सन्दीप पाटिललाई पराजित गरेर एमसीएको अध्यक्ष बनेका थिए । उनको कार्यकालमा निकै महत्वपूर्ण निर्णय गरिएका थिए । जसमा आगामी २०२४–२५ को सत्रमा रातो बलबाट खेल्ने सवै खेलाडीलाई बीसीसीआई बराबरको म्याच दिने फैसला गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :