पाकिस्तान गर कि मरको अवस्थामा आज क्यानडालाई नजिते विश्वकपबाट बाहिरिने

आईसीसी टी २० विश्वकप क्रिकेट २०२४ अन्तर्गत आज मंगलवार पाकिस्तान र क्यानडाबिच भिडन्त हुदैछ । न्यूयोर्कको नसाउ काउन्ट्री इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राती ८ः१५ बजेदेखि शुरु हुनेछ ।

जारी विश्वकपमा लगातार दुई खेलमा हार व्यहोरेको पाकिस्तान लागि आजको खेल गर कि मरको अवस्थामा रहेको छ । पाकिस्तानले आजको खेल नजिते विश्वकपबाट बाहिरिने छ । त्यसैले आज पाकिस्तानले जसरी पनि क्यानडालाई हराउनु पर्ने बाध्यता छ ।

समुह ए मा भारत र अमेरिकाले दुई दुई खेल जितेर पहिलो र दोश्रो स्थानमा रहेका छन भने क्यानडाले एक खेल जितेर तेस्रो स्थानमा रहेको छ । त्यति नै खेल खेलका पाकिस्तान र आयरल्याण्ड भने अहिलेसम्म खाता खोल्न सकेका छैनन् ।

पाकिस्तान सुपर ८ मा पुग्नका लागि सर्वप्रथम क्यानडा र आयरल्याण्डलाई हराउनु पर्नेछ । यसपछि मात्रै पाकिस्तानको सुपर ८ मा पुग्ने ढोका खोल्ने छ । यदि यी दुई खेलमध्य एउटै खेलमा पनि पाकिस्तान पराजित विश्वकपबाट बाहिरिने छ ।

यदि आजको खेलमा क्यानडाले पाकिस्तानलाई पराजित गर्यो भने उसको पनि सुपर ८ मा पुग्ने सम्भावना कायमै रहनेछ । क्यानडाले पाकिस्तान पछि भारतसँग खेल्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :