सन २०२५ मा च्याम्पियन ट्रफीको आयोजना गर्ने पीसीबीको प्रस्ताव

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आगामी वर्ष अर्थात सन २०१५ मा आयोजना हुने च्याम्पियनसिप ट्रफीको लागि प्रस्ताव अघि सारेको छ ।

वोर्डले आगामी वर्षको १९ फ्रेबुअरी देखि च्याम्पियनसिप ट्रफकिो आयोजना गर्ने प्रस्ताव राखेको छ ।

सो अनुसार वोर्डले च्याम्पियनसिप ट्रफीको आयोजना १९ फ्रेबुअरीदेखि ९ मार्चसम्म आयोजना गर्ने निस्कर्ष निकालेको छ ।

उक्त निस्कर्ष अनुसार कराची, रावलपिण्डी र लाहोरमा च्याम्पियन ट्रफीको आयोजना गर्ने विचार गरेको छ । जस्मा कराचीमा उद्घाट्न सहित दुई सेमिफाइनको सहित तीन खेलको आयोजना हुने भएको छ ।

त्यस्तै लाहोरमा च्याम्पियन ट्रफीको फाइनल सहित कुल सात खेल हुनेछन । त्यस्तै रावलपिण्डीमा कुल पाँच खेलको आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :