सीता दाहाल महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप नेपालमा हुने भएको छ ।
अखिल नेपाल कबड्डी संघको आयोजनामा हुने उक्त च्याम्पियनसिप असार ४ देखि ८ गतेसम्म काठमाण्डौमा सञ्चालन हुने आयोजक कमिटिले जानकारी गराएको छ ।
च्याम्पियनसिपमा नेपाल लगायत पाँच राष्ट्रहरु श्रीलंका, बंगलादेश, इरान र इन्डोनेशियाको सहभागिता रहने छ ।
१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा ऐतिहासिक रजत पदक जितेको नेपाली महिला टोलीले चीनको हाङझाओमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा काँश्य पदक जितेको थियो ।
महिला कबड्डी टोलीले १३ औं एशियाडमा नेपाललाई पहिलो पदक समेत दिलाएको थियो । एशियाडमा नेपालले बंगलादेशलाई पराजित गरेर पदक पक्का गरेको थियो ।