जगत मन्दिर क्वाटरफाइनलमा

जगत मन्दिर दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जगत मन्दिरले पुष्पलाललाई ४–० गोलले पराजित गर्यो । विजयी टिमका लागि ‘म्यान अफ दि म्याच’ सन्देश सिम्खडाले २ तथा सुविन गिरी र सिमोन खड्काले समान १–१ गोल गरे ।

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा विद्या सदन, विनायक र विनायक सिद्ध पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भए ।

विद्या सदनले लुम्बिनी एकेडेमीलाई २–० गोलले हरायो । समिर क्षेत्री र ‘म्यान अफ द म्याच’ विकेश मुखियाले समान १–१ गोल गरे । विनायकले ओम स्कुललाई ४–१ गोलले पाखा लगायो ।

विजयी टिमका लागि ‘म्यान अफ दि म्याच’ जेसङ बमजनले ह्याट्रिक गरे भने सविन राईले १ गोल थपे । चन्द्रविनायक पार्क, चावहिल मैदानमा विनायक सिद्धले पशुपति ‘ए’ माथि १–० को कठिन जित दर्ता गर्यो । समिर थापाले निर्यायक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :