आयुषलाई बङ्गलादेशमा स्वर्ण

काठमाडौं । नेपालका आयुष ढुङ्गेलले बिहिबार प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन्सीपमा स्वर्ण पदक जितेको छन् ।

टिम व्यवस्थापक प्रदीप थापा मगरले जानकारी दिए अनुसार बङ्गलादेशको ढाकामा भएको प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौल समूहको उपाधि भिडन्तमा आयोजक बङ्गलादेशका अल सुवेद राइमलाई हराए।

यसअघि, आयुषले सेमिफाइनलमा यासिनलाई पराजित गरे । पुरुष ५४ केजीमा पनि नेपालका शेख इरफान खरेलले आयोजकका अब्दु जायद खानलाई हराएर स्वर्ण पदक हासिल गरे।

पुरुष ४५ केजमिा भने नेपालका पदम घले सेमिफाइनलमा भारतीय खेलाडीसँग हारेपछि कांस्य पदकमा सीमित भए । नेपाली टिमको प्रशिक्षकमा मोहम्मद उमर खान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :