खेलाडीको रियाक्सन नै सफलताको राज

रमेश खनाल (खेलकुद मनोविज्ञ)

अक्सर प्रशिक्षकहर भन्ने गर्छन्, ‘खेलाडीको रियाक्सन क्षमता ठिक छैन । ठिक समयमा रियाक्ट गर्न नसकेर नै खेलाडीहरु पराजित भएका छन् । जुनसुकै खेल होस्, खेलाडीले ठिक समयमा ठिक समयमा रियाक्ट गर्न सक्नुपर्छ।’

उनीहरु ठिक भनिरहेका थिए । तर खेलाडीको रियाक्सन क्षमता कसरी बढाउने? तेक्वान्दो, कराते, क्रिकेट, बक्सिङका खेलाडीहरुलाई रियाक्सन क्षमता बढी चाहिन्छ । त्यसैगरि सुटिङका खेलाडीलाई पनि रियाक्सन चाहिन्छ ।

रियाक्सन क्षमता बृद्धि गर्ने सन्दर्भमा हामीले श्रीलंका साफ गेम्समा प्रशिक्षण दिएका थियौं। यो प्रशिक्षण सुटिङ खेलमा प्रयोग गरिएको थियो । अक्सर खेलाडीहरु दस अङ्क स्कोर गर्नुपर्नेमा ५, ६, ७ अङ्क मात्र स्कोर गर्थे ।

उनीहरुको रियाक्सन क्षमता ठिक समयमा प्रयोग हुँदैन थियो । त्यसैले राम्रो स्कोर गर्नवाट चुक्दथे । उनीहरुको न्यून स्कोर समस्यालाई प्रशिक्षकसँग मिलेर सुधार गर्ने कार्यक्रम बनायौं ।

उनीहरुले कसरी र के सहि गर्ने हो सो कुरा स्पष्टसँग बताईदियौं । हाम्रो कार्यक्रममा सुटिङको खेलाडीले तारोमा हान्ने समय निश्चित गरि दियौं । त्यस निश्चित अवधिमा उसले पूर्ण एकाग्र हुनु पर्ने, आफ्नो तारोको दस अङ्कलाई मात्र ध्यान दिनुपर्ने। लामो लामो स्वास तान्दै छोड्नु पर्ने र पूर्ण शान्त हुनुपर्ने, आफ्नो दायाँ बायाँ केहि नहेर्ने भनेर रिहर्सल गरायौं ।

यो मानसिक तालिम दुई सातासम्म गर्यो । मानसिक तालिमबाट खेलाडीहरुको नतिजामा सुधार देखियो । दस गोली हिर्काउँदा ६, ७ गोली बुलमा लागेको हुन्थ्यो। उनीहरुले एउटा गोली हिर्काउँदा तीस देखि पैतिस सेकेन्ड मात्र लगाउने भन्दै तारो हान्ने ठाउँमा रातो बत्ती जडान गरि दियौं ।

ठिक समय हुनासाथ हामीले बत्ती झिमिक्क बालि दियौं र खेलाडीहरुले गोली हिर्काइ हाल्नु पर्दथ्यो । यसरी रातो बत्तीलाई तीस देखि पैतिस सेकेन्ड भित्र बाल्दथ्यौं । त्यहि बत्तीको समयको प्रयोगले उनीहरुको स्कोरमा सुधार भयो । उनीहरुले साफ गेम्समा पदक पनि जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :