टी-२० वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गत आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।

यसअघि वरियाताको १८ औं स्थानमा रहेको नेपालले १ स्थानको सुधार गर्दै १७ औं स्थानमा उक्लिएको छ । नेपाली टोली गत साता मात्र अमेरिका र वेस्टइण्डिजमा जारी आईसीसी टी-२० विश्वकप खेलेर नेपाल फर्किएको थियो ।

दोश्रो पटक टी-२० विश्वकप खेलेको नेपाली टोली जित विहीन रहँदै समूह चरणबाट नै बाहिरीएको थियो । नेपाल समूह ‘डी’ को अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।

त्यसअघि नेदरल्याण्ड्ससँग ६ विकेट र दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको नेपालले श्रीलंकासँगको खेल वर्षाको कारण रद्द हुँदा १ अंक पाएको थियो। नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको थियो ।

उक्त विश्वकपको पहिलो खेलमा हङकङलाई ८० रनले पराजित गरेको नेपाल त्यसपछिका दुई खेलमा क्रमश: बंगलादेशसँग ८ विकेट र अफगानिस्तानसँग ९ रनले पराजित हुँदै समूह चरणबाट नै बाहिरीएको थिाये ।

नयाँ टी-२० वरीयतामा अमेरिका एक स्थान तल झर्दै १८ औं स्थानमा शीर्षदेखि २० सम्मका अन्य टोली पहिलेकै स्थानमा यथावत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :