अक्सफोर्ड एड्भान्स लन्र्स डिक्सनेरीका अुनसार क्यूरेटर शब्दले म्युजियमको रेखदेख गर्ने र मैदानलाई व्यवस्थित पार्ने व्यक्तिलाई जनाउँछ । खेलकुदमा क्यूरेटरले खास अर्थ राख्दछ । खासगरि क्रिकेट खेलमा क्रिकेटका क्यूरेटरले स्टेडियमको पीचलाइई अन्तर्राष्ट्रिय मान्यता अनुसार खेल्न योग्य बनाउनु पर्छ । यस अन्तर्गत पीचको माटो, पीच वरपरको घाँसलाई मौसमी अवस्थामा दुरुस्त राख्न सक्नुपर्छ ।
भारतमा सन् १९७० देखि जव एकदिवसिय क्रिकेट शुरु भयो तब क्रिकेट एशोसिएसनको ध्यान पीच राख्नु हुनु पर्छ, निर्माण गर्नु पर्छ भन्ने कुरामाथि गम्भिर हुन थाले । त्यसभन्दा अगाडि पीचलाई सामान्य दृष्टिकोणवाट हेरिन्थ्यो ।
पीच क्यूरेटरको थुप्रै कामहरु हुन्छन् । उनीहरुले पीच खेल्न योग्य छ नभनि म्याच खेलिदैन । अतः उनीहरुले पीच ठिक छ भनेर मात्र हुदैन । अन्तर्राष्ट्रिय अथवा राष्ट्रिय संस्थाले स्वीकृति नदिई ठूला– ठूला अन्तर्राष्ट्रिय म्याचहरु खेल्न पाइदैन ।
अतः पीच क्यूरेटर जसलाई पीच खेल्न योग्य निर्माण गर्ने, मौसम अनुसारको माटोलाई समिश्रण गरेर स्वस्थ्य बनाउने जिम्मा दिइएको हुन्छ । पीचको माटो कति कडा, कति नरम हुनु पर्छ भन्ने कुरा उनीहरुलाई थाहा हुन्छ । घाँस कति राख्ने, कति छोट्याउने र त्यसमा पानी हाल्ने कुरा पनि थाहा हुन्छ ।
भनिन्छ, पीच क्यूरेटरलाई फर्टिलाइजिङ, इरिगेशन, ट्रेनिङ्, पीच रोलिङ र घाँस नियन्त्रण गर्ने कुरा थाहा हुनुपर्छ । पीच क्यूरेटर एक्लैले यो सवै काम गर्न सम्भव हुदैन । अतः उ सँग स्थानिय कार्य सहायकहरु हुन्छन् । ति कार्य सहायकहरुको सहयोगमा चिफ पीच क्यूरेटरले पीचलाई अन्तर्राष्ट्रिय मापडण्ड अनुसार खेल्न योग्य पीच निर्माण गर्छन् ।
मनसुन सिजन सकिना साथ पीच निर्माण शुरु गरिन्छ । भारतमा तिहार अगाडि पीचलाई खेल्ने योग्य बनाइन्छ । भारतमा बीसीसीआईले पीचm र ग्राउण्ड बनाउने जिम्मा दिन एक कमिटी बनाएको छ । जसको प्रमुख दलजित सिंह छन । बोडए परिक्षा उत्तिर्ण भएका एक टीमले दलजित सिंहसँग काम गर्छन् ।
स्पीन बढी खेल्ने पीच कस्तो हुनु पर्छ जस्ता कुरा ज्ञात राखेर पीच निर्माण गर्नु पर्छ । पानी पर्दा तुरुन्त छोप्ने प्लास्टिक, प्रयाप्त स्टाफ, सानो रोलर, ठूलो रोलर, पानी जम्मा गर्ने डोरी आदिको जरुरत पर्दछ । अँझ हुन सक्छ भने पानी सोस्ने जमिन निर्माण गर्नुपर्छ ।
जे होस् नेपालले अर्को युगमा फड्को मार्न शिक्षित क्यूरेटर, आधुनिक पीच, मैदान सम्वन्धि सामग्रीहरुको व्यवस्था गर्नु नै पर्छ ।