अशोक अस्ट्रिया र जर्मनी जाने

काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले युरोपमा हुने दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

सुरुमा अशोकले अस्ट्रियाको भियनामा हुने विश्व वरियता जि– वान अस्ट्रियन ओपन पुम्से तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । प्रतियोगिता जुन २९ र ३० तारिखमा हुनेछ ।

उक्त प्रतियोगितापछि उनले जर्मनीमा हुने डीटीयु बोडेन्सी कपमा निर्णायकको भूमिकामा रहने छन् । जुलाइ ६ तारिखमा हुने प्रतियोगितामा अशोकले ग्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

अशोक बिहीबारै अस्ट्रिया प्रस्थान गरेका छन् । अशोक ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :