मिसन २०२६ टोलीलाई किट्स

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई शुक्रबार किट्स प्रदान गरेको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ५ खेलका ५२ खेलाडी र १० प्रशिक्षक गरी ६२ जनालाई केल्मीको ट्रयाक सुट र ब्याग हस्तान्तरण गरे । दोश्रो चरणमा थपिएका ५ खेलका खेलाडी तथा प्रशिक्षकलाई किट्स प्रदान गरिएको हो ।

गत जेठ ७ गतेदेखि सुरु दोश्रो चरणको विशेष प्रशिक्षणमा महिला कबड्डी र भलिबल, कुस्ती, भारोत्तोलन र एथलेटिक्सलाई विशेष प्रशिक्षणमा समावेश गरिएको थियो । पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, बक्सिङ र जुडोका खेलाडी गत माघ १५ गतेदेखि विशेष प्रशिक्षणमा छन् ।

सदस्य–सचिव घिसिङले हाल विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकको अनुशासन र प्रगतिलाई मध्यनजर गरेर मात्र आगामी विशेष प्रशिक्षणमा अवसर प्रदान गर्ने बताउदै खेलाडी र प्रशिक्षकलाई गम्भीर भएर प्रशिक्षण गर्न-गराउन निर्देशन दिए ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले यो आर्थिक वर्षको विशेष प्रशिक्षण असार मसन्तसम्म चल्ने बताउदै आगामी आर्थिक वर्षमा पनि निरन्तरता पाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :