खेलाडीहरु ‘डे ड्रिमर’ अर्थात् ‘दिउँसै सपना’ देख्ने हुनुपर्छ

रमेश खनाल (खेलकुद मनोविज्ञ)

हामी सबै ‘डे ड्रिमर’ हुनुपर्छ । यदि जीवनमा प्रगति र उन्नति गर्ने हो भने । यदि प्रगति, उन्नति नगर्न चाहने हो भने चुप लागेर बसे हुन्छ ।

संसारमा प्रगति गर्ने मान्छे ‘डे ड्रिमर’ भएकै हुन्छन् । उन्नति, प्रगति गर्ने थुप्रै छन् । हामी ति व्यक्तिहरुको उदाहरण दिन सक्छौं । तर कुरो अब खेलाडीसँग जोडिन्छ । खेलाडी भन्ने वित्तिकै प्रगति र उन्नतिका संवाहक हुन् । उनीहरुले प्रगति गरेर देखाउनु पर्छ । तर प्रगति र उन्नति त्यत्तिकै हुदैन । त्यसका लागि पटक– पटक ‘डे ड्रिमर’ हुनुपर्छ । एउटा लक्ष्य हासिल हुने वित्तिकै अर्को लक्ष्य तय गर्नुपर्छ ।

रेकर्डवाला गेमका खेलाडीहरुले आफ्नो रेकर्ड इम्प्रुभ गर्न पटक–पटक लक्ष्य तोक्नुपर्छ । तोकिएको लक्ष्य पुरा गर्र्न अथक प्रशिक्षण गर्नुपर्छ । प्रशिक्षण सहि दिशामा छ कि छैन, सो कुरा बिच बिचमा परिक्षण गर्नु पर्छ । यदि परिक्षण सकारात्मक दिशामा उन्मूख छ भनते निरन्तरता दिनु पर्छ । तर प्रशिक्षणको नतिजा राम्रो छैन भने प्रशिक्षकसँग परामर्श गरेर अगाडि बढ्नु पर्छ । तर रेकर्ड गेम्समा भन्ने वित्तिकै सुधार नहुन पनि सक्छ । तसर्थ प्रशिक्षणमा धैर्यता पनि जोड्नु पर्छ ।

अझ खासगरि भारोत्तोलन खेलमा रेकर्ड बनाउन सजिलो पनि छ र कठिन पनि छ । शुरु शुरुका अवस्थामा रिकर्ड मज्जाले बढ्छ । त्यसबेला जोश, जाँगर, उत्साह र उमङ्ग हुदा रेकर्डमा सुधार हुदै जान्छ । तर जव अलिक समय वित्दै जान्छ तव रेकर्डको प्रगति धिमा हुन्छ । यस्तो बेलामा भारत्तोलक ‘डे ड्रिमर’ हुनुपर्छ । हुन त पहिले पनि आफ्नो रेकर्ड सुधार गर्न ‘डे ड्रिमर’ भएकै हुन्छन् । तर अब प्रगति सुस्तरी हुन जान्छ । त्यसबेला खेलाडीले धर्य धारण गर्न छाड्नु हुदैन । ‘डे ड्रिमर’ भइ रहनु पर्छ ।

‘डे ड्रिमर’ अर्थात् दिउँसै सपना देख्नु । अर्थात् प्रगतिको लक्ष्य निर्धारण गर्नु । म अबको ६ महिनामा यति प्रगति गर्छु भनेर ‘दिउँसै सपना देख्नु पर्छ । ६ महिने सपना पुरा भएपछि थप अर्को सपना देख्नु पर्छ । अर्थात् लक्ष्य निर्धारण गर्नुपर्छ । यसरी सपना देख्दै पुरा गर्दै जाने खेलाडीहरु नै च्याम्पियन बन्छन् । खेलाडीहरुले सपना नै एक अर्जुन लक्ष्य हो भन्ने ठानेर हिम्मतका साथ अगाडि बढ्नु पर्छ ।

आज कतिपय खेलाडीहरु ‘डे ड्रिमर’ हुदैनन् । सानो असफलताबाट नै उनीहरु फर्किन्छन् । अतः उनीहरुलाई ‘डे ड्रिमर’ बनाउदै प्रगति गर्ने दिशातर्फ डोहोर्याउनु पर्छ । यसैमा सबैको कल्याण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :