कीर्तिमानी बलर एन्डरसन वेष्टइण्डिजविरुद्ध अन्तिम टेष्ट खेल्दै

इङ्गल्याण्ड र वेष्टइण्डिजबीच असार २६ गते बुधबारदेखि तीन म्याचको टेष्ट श्रृंखला शुरु हुदैछ । लर्डसमा हुने उक्त टेष्ट म्याच इङ्गल्याण्डका कीर्तिमानी बलर जेम्स एन्डरसनका लागि फेयरवेल म्याच हुनेछ ।

एन्डरसनले पहिले नै टेष्ट म्याचबाट सन्यासको घोषणा गरिसकेका छन् । सन्यासको घोषणा गर्ने क्रममा एन्डरसनले आफुले अन्तिम टेष्ट वेष्टइण्डिजविरुद्ध खेल्ने जानकारी गराएका थिए।

लर्डसमा आयोजना हुने पहिलो टेष्टको इङ्गल्याण्डको प्लेइङ ११ जेम्स एन्डरसनको नाम पनि समावेस गरिएको छ । वेष्टइण्डिजविरुद्ध हुने पहिलो टेष्टमा इङ्गल्याण्डका दुई खेलाडीले डेब्यू गर्नेछन् । जसमा फास्ट बलर गस एटकिङ्सन र विकेट किपर ब्याट्सम्यान जेमी स्मिथ रहेका छन् ।

दुवै खेलाडी काउन्ट्री क्रिकेटमा सरेबाट खेल्दै आएका छन् । यी दुवै खेलाडीको ह्वाइट बलमा भने अन्तर्राष्ट्रिय क्रिकेटमा डेव्यू गरिसकेका छन् । यसको अलावा स्पिनर शोएव बशिर आफ्नो पहिलो टेष्ट इङ्गल्याण्डमा खेल्नेछन् । उनले यसै वर्ष भारतबिरुद्धको टेष्ट शिरिजमा डेब्यू गरेका थिए ।

१० जुनमा एन्डसन आफ्नो टेष्ट करियरको १८८ टेष्ट म्याच खेल्न मैदानमा उत्रिने छन् । सन् २००२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका एन्डरसन टेष्ट क्रिकेटमा ७०० विकेट लिने विश्वका पहिलो फास्ट बलर समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :