क्यानडालाई हराउँदै अर्जेन्टिना फाइनलमा

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना २०२४ को कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको मेटलाइफ स्टेडियममा बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेज र कप्तान लियोनल मेस्सीले गोल गरे ।

अल्भारेजले खेलको पहिलो हाफको २३ औं मिनेटमा डि पाउलको पासमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ५१औं मिनेटमा मेस्सीले मिडफिल्डर इन्जो फर्नान्डेजको पासमा गोल गर्दै अर्जेन्टिनालाई २-० को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :