फ्रान्सलाई स्तब्ध पार्दै स्पेन १२ वर्षपछि युरोको फाइनलमा

स्पेन जर्मनीमा जारी युरोकप फुटबल २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

जर्मनकाे म्युनिख स्टेडियममा मंगलबार राती सम्पन्न पहिलो सेमिफाइनल खेलमा फ्रान्सविरुद्ध २-१ गोल अन्तरको पुनरागमन जित निकाल्दै स्पेन फाइनलमा पुगेको हो । स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो ।

नवौं मिनेटमा नै केलियन एमबाप्पेको क्रसमा रान्डाल कपको मुआनीले हेडर मार्फत गोल गर्दै फ्रान्सलाई शुरुवाती अग्रता दिलाएका थिए । तर फ्रान्सको उक्त अग्रता धेरै समय टिक्न सकेन ।

२१औं मिनेटमा १६ वर्षका युवा खेलाडी लामिन यमालले स्पेनका लागि बराबरी गोल फर्काए । यससँगै उनी युराेकपमा गाेल गर्ने सबैभन्दा कान्छाे खेलाडीकाे इतिहास बनाउन समेत सफल भएका छन् ।

त्यसपछि खेलको २५ औं मिनेटमा जिसस नाभासको क्रसमा ड्यानी ओल्मोले गर्दै स्पेनलाई २-१ को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलमा कुनै गोल भएन र स्पेन फाइनलमा पुग्न सफल भएको छ । स्पेनले अब इङ्गल्याण्ड र नेदरल्याण्ड्स बीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :