एन्फा यू-१८ युथ लिगको खेल तालिका सार्वजनिक, उद्घाटनमा न्यूरोड र चर्च बोइज भिड्ने

काठमाडौं । असार ३० (जुलाई १४) बाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुने एन्फा यू-१८ युथ लिग २०२४ को खेल तालिका सार्वजनिक भएको छ।

एन्फाले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार लिगको उद्घाटन खेलमा न्यूरोड टिम र चर्च बोइज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ । उद्घाटन खेल एन्फा कम्प्लेक्समा असार ३० गते आईतबार दिउँसो १ बजेबाट शुरु हुनेछ ।

सोहि दिन अपरान्ह ४ बजे हुने दिनको दोश्रो खेलमा सातदोबाटो युथ क्लब र खुमलटार एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउँदै छन्।

जसमा एपीएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्गदी क्लब, नेपाल पुलिस क्लब, न्यूरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबको युथ टोली रहेका छन् ।

लिगका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछन् । सहभागी क्लबले डबल राउण्ड रोबिन ढाँचामा एकअर्कासँग खेल्नेछन्।

लिग तालिका:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :