आज तेस्रो टी २० मा भारत र जिम्बाब्वे भिड्दै

भारत र जिम्बाब्वेबीचको तेस्रो टी २० अन्तर्राष्ट्रिय क्रिकेट आज बुधबार हुँदैछ । हरारे स्पोर्ट्स क्लबमा हुने उक्त खेल नेपाली समयानुसार आज साँझ पौने ५ बजेदेखि शुरु हुने छ ।

पाँच म्याचको श्रृंखलाको पहिलो खेलमा जिम्बाब्वेले भारतलाई १३ रनले पराजित गरेको थियो । त्यस्तै दोश्रो खेलमा भारतले जिम्बाब्वेलाई १०० रनले पराजित गर्दै श्रृंखला बराबरी गरेको थियो ।

अहिलेसम्म भारत र जिम्बाब्वेविच १० पटक टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा भिडन्त भएको छ । जसमा भारतले ७ र जिम्बाब्वेले ३ पटक जित हासिल गर्न सफल भएका छन ।

हरारे स्पोर्टस क्लवको पीच ब्याटिङको लागि निकै उत्कृष्ट मानिन्छ । यहाँ ठूलो स्कोर बन्दै आएको छ । यहाँ टस जितेर पहिले ब्याटिङ गर्नु राम्रो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :