राहुल द्रविडद्वारा अतिरिक्त बोनस २.५ करोड लिन अस्वीकार

निवर्तमान भारतीय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडले अतिरिक्त बोनस २ं.५ करोड लिन अस्वीकार गरेका छन् । भारतले आईसीसी टी २० पुरुष विश्वकप २०२४ को उपाधि जितेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मुख्य प्रशिक्षक राहुल द्रविडसहित १५ जना खेलाडीलाई समान ५ करोड दिने निर्णय गरेको थियो ।

तर अन्य ब्याटिङ प्रशिक्षक विक्रम राठौर, फिल्डिङ प्रशिक्षक टी लिलिप र बलिङ प्रशिक्षक पारस महाम्ब्रेलाई समान २.५ करोड दिने निर्णय गरेको थियो । यहि कुरालाई मध्यनजर राख्दै सबै प्रशिक्षकलाई समान रकम प्रदान गर्नुपर्ने धारणा राख्दै द्रविडले २.५ करोड लिन अस्वीकार गरेका हुन् ।

द्रविडको यस्तो निर्णयसँगै अव २.५ करोड द्रविडसहित अन्य प्रशिक्षकलाई समान रुपमा बाँडिने भएको छ । यसरी अब सबै प्रशिक्षकले समान रुपमा नगद पुरस्कार प्राप्त गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :