कोपा अमेरिका: उरुग्वे र कोलम्बियाबीचको दोश्रो सेमिफाइनल ‘फाइनल’ जस्तै हुने

कोपा अमेरिका फुटबल २०२४ अन्तर्गत दोश्रो सेमिफाइनल खेल उरुग्वे र कोलम्बियाबीच बिहिबार बिहान हुँदैछ । क्यारोलिनास्थित ब्याङक अफ अमेरिका स्टेडियममा हुने उक्त खेल नेपाली समयानुसार बिहिबार बिहान ५:४५ देखि शुरु हुने छ ।

जारी कोेपा अमेरिकामा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलको यात्रातय गरेका हुन् । उरुग्वेले क्वार्टरफाइनलमा उपाधि दावेदार ब्राजिललाई पराजित गरेको थियो । त्यस्तै कोलम्बियाले पानामालाई ५-० ले पराजित गरेको थियो ।

दुवै शसक्त अनि उपाधि दाबेदार टोलीबिच हुन लागेको सेमिफाइनल खेल फाइनल जस्तै हुने अनुमान गरिएको छ । जारी कोपा अमेरिकामा उरुग्वेले आक्रमक शैली अपनाएको छ भने कोलम्बियाले सन्तुलित । यस्तोमा अब कस्ले बाजी मार्छ त्यो खेलको नतिजाले.देखाउने छ । र, पनि विहिवारको खेल सनसनीपूर्ण हुने फुटबल प्रेमीले अड्कल काटेका छन् ।

उरुग्वेले अहिलेसम्म १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ भने कोलम्बियाले केवल १ पटक मात्र उपाधि जितेको छ । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले पनि १५ पटक जित्न सफल भएको छ ।

विहिवारको विजेता टोलीले फाइनलमा अर्जेन्टिनासँग भिडन्त गर्ने छ । आज बुधवार विहान भएको पहिलो सेमिफाइन खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :