एन्फा यू-१८ युथ लिगको तयारी पुरा, विजेताले एक लाख पाउने

काठमाडौं । ललित स्मारक एन्फा यू-१८ युथ लिग २०२४ को तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै लिगको तयारी पुरा भएको जानकारी गराएको हो ।

एन्फा उपाध्यक्ष तथा लिग संयोजक दीपक खतिवडाले लिगको तयारीबारे पत्रकारलाई प्रस्ट पारेका थिए। यस्तै एन्फाका प्रवक्ता सुरेश शाह, प्रतियोगिता निर्देशक सञ्जीव मिश्रलगायतले प्रश्नको जवाफ दिएका थिए।

१२ क्लब (एपीएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङदी क्लब, नेपाल पुलिस क्लब, न्यूरोड टिम, संकट क्लब, सातदोबाटो युवा क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब) ले प्रतियोगितामा भाग लिदैछन् ।

प्रतियोगिताको तयारीबापत सहभागी क्लबले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । लिगका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछन् । सहभागी १२ क्लबले डबल राउण्ड रोबिन ढाँचामा एकअर्कासँग खेल्नेछन्।

लिगको च्याम्पियनले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही १५ हजार रुपैयाँ पाउनेछन् ।

यो पनि पढ्नुहोस्:एन्फा यू-१८ युथ लिगको खेल तालिका सार्वजनिक, उद्घाटनमा न्यूरोड र चर्च बोइज भिड्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :