कराते टोलीलाई नरहरीपुर डोजोको सहयोग

काठमाडौं । नेपाली कराते टोलीलाई चन्द्रागिरी –९, मच्छेगाँउस्थित नरहरीपुर डोजोले टोलीलाई शुभकामना सहित खेलाडीह तथा अफिसियलहरुका लागि आवश्यक किडब्याग सहयोग गरेको छ ।

मित्र राष्ट्र भुटानको राजधानी थिम्पुमा आयोजना हुने ८ औं दक्षिण एशियाली कराते च्याम्पियनसिप तथा एकेएफ रेफ्रि सेमिनार २०२४ मा सहभागी हुन जाने टोलीलाई सामाग्री सहयोग गरिएको हो ।

डोजोले नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दाव गुरुङ्ग लगायतको उपस्थितीमा उक्त सामाग्री प्रदान गरको डोजोको प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराएका छन् ।

च्याम्पियनसिप १३ देखि २० जुलाई (आषाढ २९ देखि श्रावण ५ गते) सम्म आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :