काठमाडौं । अण्डर-२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारदेखि शुरु भएको छ । नेपालमा आयोजना हुने साफ यू-२० च्याम्पियनसिपको तयारीका लागि अण्डर-२० राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको नेतृत्वमा शुरु भएको बन्द प्रशिक्षणमा ४० खेलाडी सहभागि छन् । साफ अण्डर-२० च्याम्पियनसिप २०२४ अगस्ट १८ देखि नेपालका आयोजना हुँदैछ ।
काठमाडौंको दशरथ रंगशालामा नेपालले उद्घाटन खेल १८ अगस्टमा श्रीलंकासँग खेल्ने छ । नेपालले प्रतियोगिताको दोश्रो खेल २२ अगस्टमा बंगलादेशसँग खेल्ने छ।
नेपाल रहेको समुह ए मा श्रीलंका र बंगलादेशसँग खेल्नेछ। समूह बी मा भारत, माल्दिभ्स र भुटान छन्। समूह चरणपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।




