बलियो मानसिकता नै खेलाडीको ‘प्रेरणा’ हो

रमेश खनाल (खेलकुद मनोविज्ञ)

–चर्चित तेक्वान्दो खेलाडी संगीना वैद्य कार प्राप्त गरेर हुइक्किएर गइन् ।
–ख्याति प्राप्त फुटबल खेलाडी हरि खड्का पनि कार प्राप्त गरेर बाईबाई भन्दै गए ।
– प्रशिद्ध गोलरक्षक उपेन्द्रमान सिंह पनि कार प्राप्त गरेर मुस्कुराउँदै गए ।
–कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट कार चढेर अफिस धाउँछन्

खेलकुद खेलर प्राप्त भएको सर्वोत्तम पुरस्कार थियो त्यो ‘कार’ । कार प्राप्त गर्ने, कार चढेर उपत्यकाका शहर घुम्ने, घुमाउने इच्छा, रहर प्रायसबै खेलाडीको हुनसक्छ । हाम्रो समाजमा झण्डै २० देखि २५ लाखको कार चढ्न पाउनु भनेको दिवा स्वप्न जस्तै हुन्छ । जो कोहिले कार चढ्न पाउदैनन् । सामथ्र्यवान व्यक्तिले जहिले चाहन्छन्, कार मात्र होइन हेलिकोप्टर नै चढ्न र किन्न सक्छन् । यहाँ उनीहरुको कुरा नगरौं ।

– खेलाडीहरु सामथ्र्यवान भए भने,
– खेलाडीहरु समर्पित भए भने,
– खेलाडीहरुले खेल खेलेर मुलुकको इज्जत, मर्यादा, शान राखे भने,
– खेलाडीहरु अनुशासित, मर्यादित, कर्तव्यपरायण अनुकरणीय भए भने पक्कै पनि ‘कार’ पाउन लायक बन्छन् ।

‘कार’ प्रेरणा हो । प्रेरणा हाम्रो सक्रिय जीवनको आधार हो । हाम्रो प्रत्येक व्यवहारको मूलमा कुनै न कुनै प्रेरकवृत्ति रहन्छ । जसले नयाँ पुस्ता, नयाँ खेलाडीलाई आकर्षित गरिरहेको हुन्छ । यस अर्थमा कार एक प्रेरकवृति हो ।

तर…‘कार’ वितरण गर्न नसक्ने अवस्थामा खेलाडीहरुको प्रेरक वृत्त चाहिँ के हुन्छ नी भनि कुरा उठन् सक्छ ।

सधैं सबैलाई कार वितरण गर्न सकिदैन । कार प्राप्त गर्नका लागि खेलाडी असाधारण हुनु नै पर्छ । असाधारण खेलाडीका लागि राष्ट्रिय संघ र प्रायोजकहरुले सकारात्मक सोच बनाई राखेका हुन्छन । उनीहरु एक अवसरको पर्खाइमा हुन्छन । अवसर प्राप्त हुनासाथ कार वितरण गरिदिन्छन । यो उनीहरुको सम्मान हो ।

– तसर्थ खेलाडी असाधारण हुनै पर्छ ।
–तसर्थ खेलाडी सवैका लागि सर्वमान्य हुनैपर्छ ।
–तसर्थ खेलाडी खेलमा पूर्णतया अनुशासित भई राष्ट्रको गरिमामय खेलाडी बनेकै हुनुपर्छ ।

प्रेरणा प्रणोदनबाट उत्पन्न हुन्छ र अभियोजनद्वारा समाप्त हुन्छ, भन्छन मनोविज्ञ थर्नडाइड । म्याकडुगल भन्छन– प्रेरणा व्यक्तिको त्यो आन्तरिक स्थिति हो जसको उत्पत्ति त्यसवेला हुन्छ जव व्यक्ति शारिरीक वा मानसिक असन्तुलनको अनुभव गर्दछ ।

उच्चतम नतिजा प्राप्त नहुञ्जेलसम्म खेलाडी मानसिक रुपवाट असन्तुलित हुन्छ । कसरी राम्रो नतिजा प्राप्त गर्ने, पहिलो वाउट कसरी जित्ने, दोश्रो वाउट कसरी जित्ने भन्ने मानसिक चिन्ताले उसको शरिरलाई प्रभाव पारी रहेको हुन्छ । अझ उसले यसमा खेलेर के फाइदा, जितेर के फाइदा, स्वर्ण पदक नै पाए भने पनि के हुन्छ भन्ने जस्ता नकारात्मक कुराहरु सोचे भने पराजय निश्चित हुन्छ । यस्तो अवस्थामा खेलाडीलाई ‘प्रेरणा’ को जरुरत पर्दछ । प्रेरिक तत्व सुरक्षित भविष्य र पुरस्कारको संस्थागत प्रबन्ध नै हुन ।

वास्तवमा प्रेरणालाई व्यक्तिको मनो–शारिरीक स्थिति भनिएको छ । किनकि भौतिक, रासायनिक परिवर्तनले व्यक्तिको मानसिक स्थितिमा पनि परिवर्तन हुन्छ । त्यसैले मनोवित्र शोयनले भने प्रेरणा प्रणोदनवाट उत्पन्न हुन्छ र अभियोजनद्वारा समाप्त हुन्छ ।

– खेलाडीहरु विदेशमा नै पलायन हुन्छन । उनीहरु अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेल्न गएका बखत जिते पनि हारे पनि, खेल्दै नखेले पनि नेपाली खेलकुद जीवनको हविगत, असुरक्षित भविष्य आदि इत्यादि सम्झेर ‘अनुप्रेरित’ हुदै विदेमा नै पलायन भई दिने गरेका छन । प्रेरणालाई प्रणोदय गर्ने यथेष्ठ सम्भावना एवम् अवसर भएका भए उनीहरु यसै फर्किन्थे । तर नेपालमा सुरक्षित भविष्यका लागि प्रेरणाप्र, प्रणोदय वातावरण अहिलेसम्म बन्न सकेको छैन ।

– खेलाडीको सुरक्षित भविष्यको लागि बनाइएको ‘राष्ट्रिय खेलकुद नीति’ प्रेरणाको प्रणोदय बन्न सक्यो तर त्यस नितिको कार्यान्वयन हुने कुरामा कोहि विश्वस्त छैनन् । किनकि त्यस नीतिमा खेलकुदलाई राजनीतिवाट अलग राखिएको छ ।

एडलरले भने, ‘प्रेरणा’ भनेको इच्छा शक्ति हो, तर फ्राइडले मानेनन् । उनले यौनलाई नै प्रेरणाको साधन शक्ति हो भन्ने ठाने । आखिर खेलाडी पनि समाजमा बस्छन । जसरी होस् खेलाडीको खेल शक्तिलाई उजागर गर्न उनीहरु अभिप्रेरित हुनु पर्छ । सम्मानित हुनुपर्छ । भविष्य सुरक्षित हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :