ओलम्पिक खेलकुदको आगामी संस्करण फ्रान्सको राजधानी पेरिसमा सञ्चालन हुँदैछ । आगामी २६ जुलाईदेखि शुरु हुने पेरिस ओलम्पिक २०२४ मा विश्वका चर्चित अनि कीर्तिमानधारी खेलाडीहरुले सहभागिता दिदैछन् । यतिबेला विभिन्न कारणले पेरिस ओलम्पिकको चर्चा परिचर्चा भइरहदा जापानकि दुर्लभ कीर्तिमानधारी रेश्लर ‘काओरी इचो’ को चर्चा गर्नु सान्दर्भिक ठानिएको छ ।
ओलम्पिक खेलकुदको इतिहासमा चारवटा ओलम्पिकमा सहभागिता दिएर चार स्वर्ण पदक जित्न सफल जापानी रेश्लरको ‘काओरी इचो’ को ओलम्पिक कथा आफैमा अविष्मरणिय र प्रेरणादायिक छ । इचो चारवटा ओलम्पिकमा अपराजित रहदै चारवटा स्वर्र्ण पदक जित्ने दुर्लभ कीर्तिमान समेत बनाएकि छिन । इचो त्यस्ती पहिलो महिला खेलाडी हुन जस्ले ओलम्पिक खेलकुद आकाट्य कीर्तिमान बनाएकि छिन ।

ओलम्पिक खेलाडीहरुमा सबैभन्दा सफल खेलाडीको संज्ञा पाएकि इचोले सन २००४ को एथेन्स ओलम्पिकमा डेब्यू गरेकि थिइन् । २० वर्ष उमेरमा ६३ किलोग्रामतर्फ प्रतिस्पर्धा गरेकि इचोले एथेन्स ओलम्पिकमा लगातार चार खेल जित्दै आफ्नो समुहमा स्वर्ण पदक जितेकि थिइन् ।
त्यसपछि इचोले सन् २००८ को बेइजिङ ओलम्पिक, सन् २०१२ को लण्डन ओलम्पिक र सन् २०१६ को रियो ओलम्पिकमा अपराजित रहदै स्वर्ण पदक जितेकि थिइन्। रियो ओलम्पिकमा इचोले ५८ किग्रामा प्रतिस्पर्धा गरेकि थिइन् । निरन्तर चार ओलम्पिकमा अद्भुत प्रदर्शन गर्दै स्वर्ण पदक जितेपछि इचोले ओलम्पिकमा अकाट्य कीर्तिमान समेत बनाएकि थिइन् ।

इचोले चारवटा ओलम्पिकमा लगातार स्वर्ण पदक जितेर यस्तो कारनामा देखाएपछि उनको नाम गिनिस अफ वल्र्ड रेकर्डमा समेत लेखिएको छ । इचो सन् २००३ देखि २०१६ सम्म भएका आफ्नो तौल समुहको कुनै पनि खेलमा पराजित नभएर अर्को कीर्तिमान पनि बनाएकि छिन् ।
इचो दस पटककि विश्व च्याम्पियन पनि हुन । सन् २००६ को एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेकि इचोले सन् २०२० को टोकियो ओलम्पिकमा भने सहभागिता दिएकि थिइनन् । यहि अद्भुत प्रदर्शनका कारण ३७ वर्षिय इचोलाई जापान सरकारले सवै भन्दा ठूलो अवार्ड ‘पीपुल्स अनर अवार्ड’ सम्मानित समेत गरिसकेको छ ।
