सदस्य–सचिव घिसिङ फ्रान्स प्रस्थान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ शनिबार फ्रान्सको पेरिस प्रस्थान गरेका  छन् ।

पेरिस ओलम्पिक– २०२४ मा नेपाली टोलीको ‘सेफ दि मिसन’ का रुपमा सहभागी हुन सदस्य–सचिव घिसिङ पेरिस प्रस्थान गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शितल निवासमा ‘सेफ दि मिसन’ घिसिङलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुका साथै पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरेका थिए ।

सदस्य–सचिव घिसिङको अनुपस्थितिमा राखेपका बोर्ड सदस्य अञ्जन धमलाले निमित्त सदस्य–सचिवको कार्यभार सम्हाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :