धेरै अघिको कुरा हो, विद्यालयमा खेलकुद सिकाउन जाँदा एकजना प्रशिक्षकले प्रभावशाली खेलाडी भेट्टाएको जानकारी गराए । ति प्रशिक्षकले ति खेलाडीलाई त्यहि नै प्रशिक्षण दिन थाले ।
दिन बित्यो, महिनाहरु बिते । ति खेलाडीमा क्रमशः शारिरीक र मानसिक परिवर्तनहरु देखियो । प्रशिक्षकबाट तालिम पाएका ति खेलाडी निकै राम्रो भए । ति खेलाडीमाथि सवैको ध्यान खिचियो ।
तर केहि महिनाको तालिमपछि ति खेलाडी अनियमित भए । त्यति राम्रो खेलाडी तालिममा अनियमित भएपछि सवैजना चिन्तित भए । क्रमसः ति खेलाडीको प्रदर्शनस्तर खस्किदै गयो । र, तिनको प्रशिक्षक लगायत सवैलाई बिस्कित बनाए ।
प्रशिक्षकले ति खेलाडीलाई अभिप्रेरित (मोटिभेट) गर्न नाना किसिमका प्रलोभनहरु देखाए । तर ति खेलाडीको नतिजा (परफरमेन्स) मा सुधार हुन सकेन ।
जब त्यस्ता खेलाडीहरुसँग व्यवहार गर्नुपर्ने वातावरण सृजना हुन्छ तब निरिक्षण विधि प्रयोग गर्नु पर्छ । ति खेलाडीको व्यवहार निरिक्षण गर्न थाल्नुपर्छ । ति खेलाडी कहाँ जान्छन्–तालिम पछि । को– को सँग संगत गर्छन् । क्याम्पस जाँदा कोसँग जान्छन् । सिनेमा, बजार र तालिम जाँदा को सँग जान्छन् । ति सवै रिकर्ड दैनिक निरिक्षण गर्दा राख्नुपर्छ ।
र, ति खेलाडीको व्यवहार विश्लेषण गर्नुपर्छ । हप्ता हप्तामा ति खेलाडीको व्यवहार परिवर्तन छ वा छै, यदि छ भने कुन चाहिँ साथीको प्रभावबाट भएको हो सो कुरा पत्ता लगाउनु पर्छ । र, त्यसलाई ठिक र बेठिकको कसीमा मन्थन गर्नु पर्दछ ।
आखिर कुरो के भएको रहेछ भने ति खेलाडीलाई अर्को रिटायर्ड खेलाडीले ‘खेलेर के पाउँछस् ? उसले के पायो ? त्यसको हविगत देखेकै छस् । खेल्नुभन्दा पढ्नु बेस भनि भड्काउँदो रहेछ । यो भड्काउने खेलाडीले कहिले पनि पदक जितेर राष्ट्रको इज्जत र प्रतिष्ठा बढाएको थिएन । किनिकी उसको क्षमता र प्रतिभा दुवै थिएन । अनेक राजनीति गरेर खेलाडी भड्काउदै हिडेको रिकर्ड थियो ।
साहित्यमा कविवर नाटककार बालकृष्ण सम, देवकोटा, रिमाल, भिक्षु आदि र कलामा सिद्धिमुनी शाक्य, चन्द्रमान सिंह मास्के, भाजुमान चित्रकार, संगीतमा नारायण गोपाल, गोपाल योञ्जन, अरुणा लामा, अम्मर गुरुङ, तारादेवीहरुले जसरी लेखेर सिर्जना गरेर र गाएर बजाएर राष्ट्रको प्रतिष्ठा बढाएका छन्, ठिक त्यसरी नै खेलाडीहरुले ज्यानको बाजी लगाएर खेलकुद खेलेर यस मुलुकका तमाम नेपालीको इज्जत र प्रतिष्ठा बढाएको कुरा कहिले पनि विर्सनु हुदैन । सिर्फ मार्ग फरक छ तर पुग्ने शिखर उहि छ भन्ने जवाफ दिएपछि ति जो भड्किएका खेलाडी थिए तिनले राष्ट्रभन्दा ठूलो कोहि छैन । यो राष्ट्रको लागि म गरेर देखाउछु भन्ने अठोट गरे, सफल पनि भई छाडे ।
तर यहाँ एउटा कुरा के महत्वपूर्ण छ भने खेलाडीलाई सहि तरिकाबाट परामर्श गर्नु पर्दछ । प्रशिक्षक नै भड्किएका मनस्थितिका परे भने बरबाद हुन्छ । तर प्रशिक्षक भनेको खेलाडीका पीता, साथी, काका, दाजू आदि सबै हुन् । आफु बरबाद भएर पनि खेलाडीलाई सहि मार्गमा हिडाउनु पर्छ भन्ने ज्ञान त सवैलाई हुन्छ, त्यसमा अन्यथा हुदैन ।
तर भड्किएको खेलाडीलाई निरिक्षण गर्दा तपशिलका कुरामाथि विशेष ध्यान पुर्याउनु पर्छ ।
–यथार्थता र विश्वसनियताः– खेलाडीलाई निरिक्षण गर्दा निरिक्षकले एकिन गरेका सत्य, तथ्य कुरा मात्र टिप्नु पर्छ र त्यसलाई गोप्य राख्नु पर्छ ।
–दैनिक रिपोर्टः– खेलाडीको रिपोर्ट राख्नु पर्छ । नियमित हुँदा कस्तो कस्तो व्यवहार गर्दछ र त्यसपछिको व्यवहार कस्तो र त्यसमा कहाँ फरक छ त्यो थाहा हुनुपर्छ ।
–अनुमान नगर्नेः– कहिले काहि निरिक्षकले आफ्नो अनुमानित कुरा टिपोट गरेर प्रस्तुत गरे भने त्यसले गलत नतिजा निस्किन्छ । र, त्यो खतरनाक पनि हुनसक्छ । तसर्थ निरिक्षकले अनुमानको भरमा टिपोर्ट नगर्ने ।
–निष्पक्ष र दक्षः– खेलाडीमाथि निरक्षण गर्ने निरिक्षकले पक्ष लिनु हुदैन । आफुलाई मनपर्नेलाई काखि च्याप्ने, मन नपर्नेलाई फ्याँकि दिने नीति लिनु हुदैन र निरिक्षण गर्ने व्यक्ति दक्ष पनि हुनुपर्छ । कुन कुरामा निरिक्षण गर्ने हो, कसरी गर्ने हो, त्यो कुरा थाहा पाउनुपर्छ ।
– व्यक्तिगत धारणा नराख्ने:– कतिपय निरिक्षकहरु ‘मेरो विचारमा यस्तो लाग्छ……।’ भन्दै व्यक्तिगत धारणा पोख्छन् । त्यो ठिक कुरा होइन । तथ्याङ्कले जे बताउँछ त्यसलाई मात्र व्याख्या गर्नुपर्छ ।