उच्चस्तरको शिक्षा, गुणात्मक खेलकुद विकासको मेरुदण्ड

रमेश खनाल

एक जमाना थियो, जहाँ हामी नेपाली खेलकुदको विकास गर्न तम्सिएका थियौं । विकासका सन्दर्भमा गुणात्मक पनि एक थियो । त्यसैगरि उच्चस्तरको शिक्षा पनि थियो । गुणात्मकमा हामी प्रशिक्षक र प्रतियोगितालाई विशेष ध्यान दिन्थ्यौं । प्रशिक्षण नियमित र विशेष हुनुपर्छ । प्रतियोगिताको स्तर बृद्धि गर्नु पर्छ । प्रतियोगिता खेल स्थल, खेल सामग्री स्तरीय हुनै पर्छ भन्नै ठान्थ्यौं । त्यसपछि राष्ट्रियस्तरका निर्णायक तयार पाथ्र्यौं । अनि अन्तर्राष्ट्रियस्तर तर्फ हाम्रो ध्यान गयो । नभन्दै आआफ्नो राष्ट्रिय संघको माध्यमवाट अन्तर्राष्ट्रिय निर्णायकहरु उत्पादन गर्न जोड दियौं ।

यस क्रममा हामीले एबीसी लेभलका अन्तर्राष्ट्रिय निर्णायकहरु पनि तयार पार्न सक्थ्यौं । त्यसैगरि अन्तर्राष्ट्रिय फेडेरेशनहरुमा पनि हामीले लडेर निर्वाचन जित्यौं, पद ओगट्यौं । यसपछि हामीले हारे पनि जिते पनि धमाधम अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन शुरु गर्यौ । यसरी अन्तर्राष्ट्रिय जगतमा हामीले हाम्रो उपस्थिति जनायौं। मान्यता पायौं र, नेपालमा पनि खेलकुद राम्रो खेलिन्छ भन्ने आभास दिदै अगाडि हामी बढ्यौं ।

त्यसपछि हामीले प्रतियोगिताको सन्दर्भमा राष्ट्रिय प्रतियोगितालाई निरन्तरता दियौं । र, अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न राष्ट्रिय संघलाई प्रेरित गर्यौं । त्यसपछि निकै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु नेपालमा आयोजना गरिए । अन्ततः हाम्रो लक्ष्य क्षेत्रियस्तरको प्रतियोगिता आयोजना गर्नु थियो । यस क्रममा साफ गेम्स हामीले आयोजना गर्यौं । तर भौतिक पूर्वाधारको कमिले गर्दा एशियन गेम्स आयोजना गर्ने आँट हामीमा छैन ।

सातै प्रदेशले अन्तर्राष्ट्रियस्तरका भौतिक पूर्वाद्धार निर्माण गर्न जोड दिनु पर्छ । जसमा फुटबलको रङ्गशाला, स्वीमिङ पुल, क्रिकेट स्टेडियम, फ्लडलाइट समेत, प्राक्टिस ग्राउण्ड, टेनिस कोर्ट, भलिबल, ब्याडमिन्टन खेल्न हुने कभर्डहलहरु आदि निर्माण गर्दै लैजानुपर्छ । बसै प्रदेशले एकै चोटी भौतिक पूर्वाधारको निर्माण गर्न सक्तैनन् । तसर्थ पञ्च वर्षिय योजनामा निर्माण गर्ने लक्ष्य राख्नुपर्छ ।

यसैगरि अहिले खड्किएको कुरा के हो भने उच्चस्तर अध्ययन गरेका खेलकुदका जनशक्ति नै हुन । परिषद, ओलम्पिक कमिटी एवम् मन्त्रालयले उच्चस्तरका जनशक्ति तयार पार्ने योजना बनाउनु पर्छ । उच्चस्तरका प्रशिक्षकहरुको अभावमा राम्रो योजना, अनुसन्धान, प्रशिक्षण कार्यक्रम बन्न सक्तैन । राम्रो योजनाबद्ध प्रशिक्षण कार्यक्रम बन्दैन भने खेलकुदका लगानी गर्नु व्यथए हुुन जान्छ । तसर्थ आजैदेखि उच्चस्तरका शैक्षिक जनशक्ति उत्पादन गर्न जोड दिऔं ।

तस्बिरः एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :