काठमाडौं । नेपाल बक्सिङ्ग महासंघको आयोजनामा जारी राष्ट्रव्यापी जूनियर तथा विद्यालयस्तरीय छात्र-छात्रा बक्सिङ्ग प्रतियोगिताको दोश्रो दिन शनिबार विभिन्न खेलहरु सम्पन्न भएका छन् ।
शनिबार भएका फाईनल खेलहरुमा १३ देखि १४ वर्ष उमेरसमुहमा ४० किलो तौलसमुह छात्रातर्फ भाईबका हृदयी मानन्धरले अल्फाका झरना थापालई पराजित गर्दै प्रथम स्थान हासिल गरे ।
त्यसैगरी सोही उमेर समुहमा ४३ किलो तौलसमुहमा एबीसीका अनुस राईले सीजीजीका पासाङ्ग देकि शेर्पालाई ४-१ को स्पलिट डिसिजनको आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् ।
यसैगरी ४९ किलो तौल समुहमा भक्तपुरका सायेरा गोसाईले झापाकि रीना राईलाई ४-१ अंकको अन्तरबाट पराजित गर्दै प्रथमस्थान हासिल गरिन् भने सीजीजीका सेलेस्टी बम्जनले तृतिय स्थान हासिल गरिन्। त्यसैगरी छात्रा तर्फकै ५५ किलो तौलसमुहमा आरडीएसका सुदेस्ना राजबंशीले बक्समाण्डुका आस्था शेरचनलाई युनानिमस डिसिजन ५-० को आधारमा पराजित गरिन् ।
जुनियर ५२ किलो तौल समुहमा भूमीका सरोज तामाङ्गले जेनेक्सका आयोग घिसिङ्गलाई ३-१ को स्पलिट डिसिजनको आधारमा पराजित गरे । ५७ किलो तौल समुहमा अछामका विनोद नागार्जेले सीजीजीका हिमाल गुरुङ्गलाई तेस्रो राउण्डमा आरएससीको आधारमा पराजित गरे ।
६६ किलो तौल समुह छात्रतर्फ उदयपुरका रोजन मगरले ललितपुरका शब्द महर्जनलाई पहिलो राउण्डमै आरएससीको आधारमा पराजित गरे ।