पेरिस ओलम्पिकको पहिलो स्वर्ण चीनलाई

पेरिस ओलम्पिक २०२४ मा पहिलो स्वर्ण पदक चीनले जितेको छ । चीनलाई पहिलो स्वर्ण सुटिङ खेलाडी हुआङ्ग युटिङ्ग र सेङग लिहाओले दिलाएकि हुन् ।

१० मिटर एयर राइफलतर्फको मिश्रित टीम स्पर्धामा चीनको यो जोडीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा दक्षिण कोरियालाई पराजित गरेका थिए ।

फाइनल स्पर्धामा चीनका खेलाडीद्वयले दक्षिण कोरियाका क्यूम जी ह्योन र पार्क हा जुनलाई १६-१२ अङ्को अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै काजकिस्तानकि एलेक्जेन्ड्रा र इस्लाम सतपायेवको जोडीले काश्य पदक जितेको छ । काजस्तानका खेलाडीले जर्मनीका अन्ना जानसेन र म्याक्सिमिलयन उलब्रिजको जोडीलाई १७-५ अङ्को अन्तरले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :