पेरिस ओलम्पिक २०२४ मा भारतले पहिलो पदक जित्न सफल भएको छ । भारतलाई पहिलो पदक सुटिङकि मनु भाकरले दिलाएकि हुन् । मनुले १० मिटर एयर पिस्टल तर्फ काँश्य पदक जितेकि हुन् ।
मनुले १० मिटर एयर पिस्टलमा भारतलाई काँश्य पदक दिलाएपछि उनी पेरिस ओलम्पिकमा भारत मात्र नभई दक्षिण एशियाली मुलुकबाट पदक जित्ने पहिलो खेलाडी समेत बनेकि छिन्। मुनले काँश्य पदक जित्दा कुल २२१.७ को स्कोर गरेकि थिइन् ।
यो इभेन्टमा दक्षिण कोरियाका खेलाडीले पहिलो र दोश्रो स्थान हासिल गर्दै स्वर्ण र रजत पदक जितेका थिए । पहिलो स्थान हासिल गरेकि दक्षिण कोरियाकि खेलाडी ओ ए जिनले २४३.२ स्कोर गरेकि थिइन् । त्यस्तै रजत पदक जित्न सफल दक्षिण कोरियाकि खेलाडी किम यजीले २४१.३ को स्कोर गरेकि थिइन् ।