काभा बिच भलिबल खेल्ने नेपालको दुवै टोली भुटान प्रस्थान

काठमाडौं । काभा बिच भलिबल च्याम्पियनसिप खेल्ने नेपालका पुरुष र महिला टोलीले भुटान प्रस्थान गरेका छन् । काभा बिच भलिबल च्याम्पियनसिप खेल्ने नेपालको पुरुष र महिला टोली आज (सोमबार) भुटानतर्फ प्रस्थान गरेका हुन् ।

काभा बिच भलिबल भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा यहि साउन १७ गतेदेखि १९ गतेसम्म संचालन हुँदैछ । च्याम्पियनसिपमा नेपालको तर्फबाट महिलामा कमला पुन र मनीषा चौधरी तथा पुरुषमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडीले चुनौती प्रस्तुत गर्दैछन् ।

नेपाली टोलीको प्रशिक्षकमा रूपेश विष्ट रहेका छन् । थिम्पुमा हुने बिच भलिबलमा पुरुषमा १० टिम र महिलामा सात टिमको प्रतिस्पर्धा रहने भलिबल संघले जनाएको छ।

महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालका बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन् । पुरुषमा भने नेपाल, माल्दिभ्स, उब्जेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली महिला टोलीले १५ दिन र पुरुष टोलीले एक हप्ता मात्र प्रशिक्षण गरेका छन् । दुई वर्ष अगाडि मात्र बंगलादेशको कक्स बजारमा सम्पन्न एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :