इङ्गल्याण्ड र वेष्टइण्डिजबिच भएको तीन टेष्ट म्याचको श्रृंखलामा इङ्गल्याण्डले क्लीन स्वीप गरेको छ । तेस्रो तथा अन्तिम टेष्टमा इङ्गल्याण्डले वेष्टइण्डिजलाई १० विकेटले पराजित गरेको हो ।
पहिलो दुई टेष्ट जितेर २-०ले अग्रता बनाएको इङ्ल्याण्डले तेस्रो टेष्टमा वेष्टइण्डिजलाई १० विकेट पराजित गरेको हो । इङ्गल्याण्डले तेस्रो टेष्टमा जितका लागि ८२ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य इङ्गल्याण्डले बिना विकेट पतन जित हासिल गरेको थियो ।
इङ्गल्याण्डलाई शान्दार जित दिलाउन कप्तान बेन स्टोकले ५७ रनको अर्धशतकिय पारी खेलेका थिए । स्ट्रोकले २४ बलमा अर्धशतक बनाएका थिए । त्यस्तै बेन डकेटले १६ रनमा २५ रन बनाएका थिए ।
दुई विकेटको नोक्सानीमा ३३ रनवाट खेल्न थालेको वेष्टइण्डिजको सम्पूर्ण टोली १७५ रनमा समेटिएको थियो । वेष्टइण्डिजलाई सस्तैमा समेट्न मार्क बुडले पाँच विकेट लिएका थिए ।