मेजर लिग क्रिकेट २०२४ को उपाधि वाशिङ्गटन फ्रिडमले जितेको छ । आज (सोमबार) भएको फाइनल खेलमा वाशिङ्गटनले सान फ्रान्सिस्को युनिकर्नसलाई पराजित पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
फाइनल खेलमा पहिले ब्याटिङ गरेको वाशिङ्गटनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०७ रन बनाएको थियो । वाशिङ्गटनको तर्फवाट स्टीव स्मिथले ५२ बलमा सर्वाधिक ८८ रनको अर्धशतकिय पारी खेलेका थिए । स्मिथले आफ्नो पारीमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।
२०८ रनको विजय लक्ष्य पाएको फ्रान्सिस्को १६ ओभरमा अलआउट हुदै १११ रनमा समेटिएको थियो । टस जितेर बलिङ रोजेको फ्रान्सिस्कोलाई १११ रनमा रोक्न वाशिङ्गटनका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।