काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले जारी ललित स्मृति एन्फा यु-१८ युथ लिगमा थ्री स्टार क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न पहिलो खेलमा आर्मीले थ्री स्टारलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
आर्मीलाई जित दिलाउन दक्ष लामाले २ र अनुभव पुरीले १ गोल गर्दा थ्री स्टारका लागि रोमन श्रेष्ठले १ गोल गरे ।
आर्मीको जारी लिगमा यो पहिलो जित हो । पहिलो जितसँगै आर्मीले ५ खेलबाट ४ अंक जोडेको छ । यता पराजित थ्री स्टारको पनि समान खेलमा ४ अंक रहेको छ।