करोडौंका मालिक खेलाडीहरु पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दै

पेरिस ओलम्पिकमा करोडौंका मालिक खेलाडीहरु प्रतिस्पर्धा गर्दैछन् भन्दा अपत्यारिलो लाग्न सक्छ तर यो सत्य हो । अमेरिकि बास्केटबल टोलीका प्रायजसो सबै करोडौंका मालिक खेलाडीहरु पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् । यी खेलाडीहरुले वार्षिक आय मिलियन र बिलियन डलरमा छ ।

यतिवेला पेरिस ओलम्पिकमा बास्केटबल तर्फ प्रतिस्पर्धा गर्ने टोलीमा एनबीए लिग खेल्ने अमेरिकाका खेलाडीहरुको बाहुल्यता रहेको छ । जसको नेतृत्व लेबरोन जेम्सले सम्हालिरहेका छन् । सवैलाई थाहा भएको कुरो हो एनबीए लिग खेलाडीहरुले सर्वाधिक कमाई गर्ने विश्वको प्रमुख लिग मध्यको एक हो ।

अमेरिकि बास्केटबल टोलीको नेतृत्व गरिरहेका लेबरोनको बार्षिक आम्दानी लगभग १ बिलियन डलर छ । त्यस्तै स्टीफन करीको आम्दानी पनि मिलियन डलरमा छ । अमेरिकि टोलीका युवा खेलाडी एन्थनी एडवर्ड्सको उमेर अहिले २२ वर्षको मात्र भएको छ । तर उनको कमाई कुरा गर्दा वार्षिक ४० मिलियन डलर भन्दा बढी छ ।

पेरिस ओलम्पिक २०२४ मा समावेस अमेरिकि बास्केटबल टोलीका सवै खेलाडी एनबीए लागि खेल्नेछन्। उनीहरुको वार्षिक आम्दानी मिलियन डलर छ । त्यसैले अमेरिकि बास्केटबलका सवै खेलाडी करोडपति छन् । अहिले पेरिस ओलम्पिकमा यी खेलाडीहरुलाई करोडपति खेलाडीको संज्ञा दिइएको छ ।

बास्केटबललाई ओलम्पिकमा सन १९३६ मा समावेस गरिएको थियो । यसपछि अमेरिकाले १६ पटक बास्केटबलमा स्वर्ण पदक जित्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :