पूर्व नम्बर एक महिला टेनिस खेलाडी कर्बरले लिइन् सन्यास

जर्मनीकि तीन पटक ग्राण्ड स्ल्याम च्याम्पियन तथा पूर्व विश्व नम्बर एक टेनिस खेलाडी एन्जेलिक कर्बरले सक्रिय टेनिस खेलवाट सन्यासको घोषणा गरेकि छिन् । कर्बरले पेरिस ओलम्पिक २०२४ खेलेपछि टेनिसबाट सन्यास लिने घोषणा गरेकि हुन् ।

जर्मनीकि ३६ वर्षिय खेलाडी कर्बरले विम्बल्डन, अस्ट्रेलियन ओपन र युएस ओपनको उपाधि जितेकि थिइन् । चार ग्राण्ड स्ल्याममध्य फ्रेञ्च ओपनको उपाधि जित्न भने कर्बर असफल भएकि थिइन्।

कर्बरले इंस्टाग्राममा पोस्ट गर्दै लेखेकि छिन्– ‘पेरिस ओलम्पिक मेरो अन्तिम प्रतियोगिता हुनेछ । पेरिस ओलम्पिक मेरो लागि निकै महत्वपूर्ण प्रतियोगिता हो । म यो ओलम्पिक कहिल्यै विर्सन सक्ने छैन ।

कर्बरले सन २०१६ मा अष्ट्रेलियन ओपन र युएस ओपनको उपाधि जित्त्नुको साथै सन २०१८ मा विम्बल्डन टेनिसको उपाधि जितेकि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :