आर्मी संकटासँग पराजित

काठमाडौं । जारी ललित स्मृति एन्फा यु-१८ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब संकटा क्लबसँग पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मी संकटासँग २-१ गोल अन्तरले पराजित भएको हो ।

संकटालाई जित दिलाउन दिलन लिम्बु र समीन अर्जेलले गोल गर्दा आर्मीका लागि रोहित श्रेष्ठले एक गोल फर्काए ।

जारी लिगमा संकटाको यो दोश्रो जित हो । जितसँगै उसले ६ खेलबाट ६ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ । यता पराजित आर्मी समान खेलमा ४ अंकसहित नवौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :