पूर्व भारतीय क्रिकेटर तथा प्रशिक्षक अंशुमन गायकवाडको निधन भएको छ । गायकवाडको बुधबार राती १०:१५ बजे निधन भएको हो । गायकवाडको ७१ वर्षको उमेरमा ब्लड क्यान्सरबाट निधन भएको हो ।
गायकवाडले ब्लड क्यान्सरको उपचार लण्डनको किङ्ग अस्पतालमा गरिरहेका थिए । पछि उक्त अस्पतालले भारतमै उपचार जारी राख्न सल्लाह दिएपछि उनी गत जुनमा स्वदेश फर्किएका थिए ।
गायकवाडले सन १९७५ देखि १९८७ सम्म भारतको लागि ४० टेष्ट खेल्नुको साथै १५ एकदिवसिय क्रिकेट खेलेका थिए । त्यस्तै बडौदाको लागि २०६ प्रथम श्रेणीका खेल खेलेका थिए ।
गायकवाडले भारतीय टेष्ट टोलीवाट लामो समयसम्म ओपनरको भूमिका निभाएका थिए ।