४५ औं बुद्धिचाल ओलम्पियाड हंगेरीको राजधानी बुडापेस्टमा हुदैछ । आगामी सेप्टेम्बर महिनादेखि शुरु हुने उक्त ओलम्पियाडका लागि विश्वका चर्चित खेलाडीहरुले तयारी शुरु गरिसकेका छन्।
हंगेरीमा आयोजना हुने ४५ औं बुद्धिचाल ओलम्पियाडमा पुरुषतर्फ १८३ र महिला तर्फ १८४ राष्ट्रका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् । ४५ औं ओलम्पियाडमा पुरुषतर्फ संयुक्त राज्य अमेरिकालाई पहिलो वरियता प्राप्त भएको छ ।
त्यस्तै भारतीय टोलीले दोश्रो र चीनले तेस्रो, उज्बेकिस्तानले चौथो र नेदरल्याण्डले पाँचौ वरियता प्रदान गरिएको छ । त्यस्तै महिलातर्फ जर्जियालाई शिर्ष वरियतामा रहदा भारत दोश्रो स्थानमा रहेको छ ।
यसैगरि पोल्याण्डलाई तेस्रो, चीनलाई चौथो, अजरबैजानलाई पाँचौं वरियता प्रदान गरिएको छ । ४५ औं ओलम्पियाडमा नेपाली खेलाडीहरुले पनि सहभागिता जनाउँदै छन । नेपाली खेलाडीले पनि ओलम्पियाडमा उत्कृष्ट प्रदर्शन गर्न तयारी गरिरहेका छन् ।