काभा बिच भलिबलमा नेपालको महिला टोलीले विजयी शुरूवात गर्दा पुरुष टोली पराजित 

काठमाडौं । भुटानमा आज बिहिबारबाट शुरु भएको काभा बिच भलिबल च्याम्पियनसिप २०२४ को महिलातर्फ नेपालले विजयी शुरुवात गरेको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा भएको आफ्नो पहिलो खेलमा नेपालको कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तानको जोडीलाई २१-१७ र २१-१५ को सेटका हराएको हो ।

बिहिबार नै भएको पुरुषतर्फको खेलमा भने नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडी माल्दिभ्सको जोडीसँग १६-२१ र १५-२१ को सेटमा पराजित भएको छ ।

जारी प्रतियोगितामा पुरुषमा १० टिम र महिलामा ७ टिमको सहभागिता रहेको छ।

महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । नेपालका बाहेक सबै राष्ट्रबाट दुई टोली सहभागी छन् ।

पुरुषमा भने नेपाल, माल्दिभ्स, उब्जेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गर्दैछन् ।

दुई वर्ष अगाडि मात्र बंगलादेशको कक्स बजारमा सम्पन्न एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :