काठमाडौं । उपाधि दाबेदारको रुपमा हेरिएको भारतले नेपालमा शुरु भएको काभा महिला नेसन्स भलिबल लिग २०२४ मा विजयी शुरूवात गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न दोश्रो खेलमा भरतले इरानलाई ३-१ को सेटमा हराएको हो ।
भारतले २५-२०, २५-१८, १९-२५ र २५-११ ले खेल आफ्नो पक्षमा पारेको हो ।
यसअघि आज नै भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा हराउदै विजयी शुरूवात गरेको थियो ।