यतिबेला फ्रान्समा जारी पेरिस ओलम्पिक २०२४ विभिन्न विवादका कारणले चर्चामा आएको छ । ओलम्पिक आयोजनाको छैठौं दिन महिला बक्सिङको ६६ किलो तर्फ भएको भिडन्त पनि विवादमा परेको छ । इटालीकि खेलाडी एन्जेला कारिनीले खेल शुरु भएको ४६ सेकेन्डमा खेल रोकेर नखेल्ने निर्णय गरेपछि विवाद चुलिएको हो ।
बिहिबार महिला बक्सिङको ६६ किलोतर्फ इटालीकि बक्सर एन्जेला कारिनी र अल्जेरियाकि बक्सर इमान खलिफाबिच भिडन्त भएको थियो । उक्त खेलमा इमानले ४६ सेकेन्डमा जित हासिल गरेकि थिइन् । नाकमा लागेको चोटका कारण इटालीकि खेलाडी खेल परित्याग गरेकि थिइन् ।
खेलपछि इटाली खेलाडी एन्जेलाले इमान पुरुष भएको आरोप लगाउँदै आफुले पुरुषसँग नखेल्ने भन्दै खेल परित्याग गरेको बताएकि थिइन् । साथै उनले आफु यो खेलमा हारेको नभई जितेको समेत बताएकि थिइन् । उनले यस्तो कुरा बताएपछि अहिले पेरिस ओलम्पिकमा अर्को विवाद खडा भएको छ ।
अल्जेरियाकि खेलाडी इमान एक ट्रान्सजेन्डर खेलाडी हुन् । उनी सन् २०२२ मा लिङ्ग परिवर्तन गर्दै पुरुषवाट महिला बनेकि थिइन् । इमानले सन् २०२३ को वर्ल्ड च्याम्पियनसिपमा जेन्डर एलिजिबिलिटीको मापडण्ड पुरा गर्न नसक्दा प्रतियोगितावाटै बाहिरिनु परेको थियो । तर इमानीलाई पेरिस ओलम्पिकमा जेन्डर इक्वालिटीको सन्दर्भमा अनुमति प्राप्त भएको थियो ।
इटालीकि खेलाडी एन्जेलाले इमान महिला हुनै नसक्ने बताएकि छिन् । उनमा अहिले पनि पुरुष खेलाडीकै अंश रहेको दाबी समेत गरेकि छिन् । आफुले अहिलेसम्म बक्सिङका थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा भिडन्त गरेको र पञ्च पनि खाएको बताउँदै यस्तो पञ्चको सामना आफुले कहिल्यै गर्नु नपरेको बताएकि थिइन् ।
गत वर्ष सम्पन्न वल्र्ड बक्सिङ च्याम्पियनसिपमा इमान फाइनलसम्म पुग्न सफल भएकि थिइन् । तर त्यसपछि उनलाई डिस्क्वालिफाई गरिएको थियो । वल्र्ड च्याम्पियनसिपमा पनि उनलाई पुरुष भएको आरोप लागेपछि प्रशिक्षण गर्दा उनको शरिरमा टेस्टोस्टेरोनको मात्रा निकै बढी पाइएको थियो । तर सन २०२२ को वल्र्ड बक्सिङ च्याम्पियनसिपमा उनले रजत पदक जित्न सफल भएकि थिइन् ।