जेन्डर विवादमा परेकि इमानले गरिन् पेरिस ओलम्पिकमा पदक पक्का

पेरिस ओलम्पिक २०२४ मा जेन्डर विवादमा परेकि अल्जेरियाकि महिला बक्सिङ खेलाडी इमान खलिफले क्वार्टरफाइनलमा हंगेरीकि एना लुका मामोरीलाई पराजित गर्दै पदक पक्का गरेकि छिन् ।

महिलातर्फको ६६ किलो ग्रामतर्फ भएको भिडन्तमा इमानले उत्कृष्ट प्रदर्शन गर्दै हंगेरीकि लुकालाई ५–० अङ्को अन्तरले पराजित गरेकि हुन् । यो जितसँगै सेमिफाइनलमा प्रवेश गरेकि इमानले कम्तिमा पनि काँश्य पदक पक्का गरेकि हुन् ।

इटालीकि एन्जोला क्यारिनीसंगको भिडन्तपश्चात अन्तर्राष्ट्रियस्तरमा इमानको निकै आलोचना भएको थियो । त्यस्तै सामाजिक सञ्जालमा समेत उनको आलोचना गर्नेहरुको भिड नै लागेको थियो । यस्तै विषम परिस्थितिमा पनि इमानले शान्दार प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेकि हुन् ।

जेन्डर विवादमा परेपछि निकै दबावमा परेकि इमानले क्वाटर फाइनलमा हंगेरीकि खेलाडीलाई पराजित गरेपछि रुन पुगेकि थिइन् । जितपछि रिङमै रुन पुगेकि उनलाई पछि प्रशिक्षकहरुले सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :