बंगलादेश क्रिकेटका पूर्व कप्तान मशरफे बिन मूर्तजाको घरमा प्रदर्शनीकारी आगजनी गरेका छन् । बंगलादेशकि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिदै देश छोडेर गएपछि आवेगमा आएका प्रदर्शनकारीहरुले मुर्तजाको घरमा आगजनी गरेका हुन् ।
बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीवाट लामो समयसम्म क्रिकेट खेलेका मुर्तजाले क्रिकेटवाट सन्यास लिएपछि सन् २०१८ मा राजनीतिमा प्रवेश गरेका थिए । आफ्नो राजनीति आवामी लिगबाट शुरु गरेका नरैल–२ निर्वाचन क्षेत्रबाट दुई पदक चुनाव जितेर सांसद सदस्य बनेका थिए ।
वर्तमान अवस्थामा बंगलादेशमा छात्रहरुले गरेको प्रदर्शनमा मुर्तजाले मौनता साँधेको र सरकारले छात्रहरुलाई सामुहिक रुपमा गरेको गिरफ्तारमा कुनै प्रतिक्रिया दिएका थिएनन् । यहि कारण प्रदर्शनकारीहरुले उनको घरमा आगजनी गरेको बुझिन आएको छ ।
मूर्तजाले बंगलादेशको तर्फबाट ३६ टेष्ट, २२० एकदिवसिय र ५४ टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाएका थिए । साथै मूर्तजाले ११७ खेलमा बंगलादेशको राष्ट्रिय टोलीको कप्तानी समेत गरेका थिए । उनी बंगलादेशका महान खेलाडी मध्य एक मानिन्छन् ।