भारतीय कुस्ती खेलाडी फोगाट डिस्क्वालिफाइ, स्वर्ण पदकका लागि भिड्न नपाउने

पेरिस ओलम्पिक २०२४ मा फ्रिस्टाइल कुस्ती महिला ५० किलोग्रामको फाइनलमा पुगेर कीर्तिमान बनाएकि भारतीय कुस्ती खेलाडी विनेश फोगाट डिस्क्वालिफाई भएकि छिन्। फोगाट डिस्क्वालिफाई भएसँगै उनले स्वर्ण पदकको लागि भिडन्त गर्न समेत नपाउने भएकि छिन् ।

फ्रीस्टाइल कुस्तीको महिला ५० किलोग्राममा प्रतिस्पर्धा गरिरहेकि फोगाटको फाइनल खेलको लागि गरिएको तौलमा ५० किलोभन्दा १०० ग्राम बढी भार निस्किएपछि उनलाई डिस्क्वालिफाई गरिएको हो । फोगाट डिस्क्वालिफाई भएपछि पेरिस ओलम्पिकमा भारत पहिलो स्वर्ण पदक जित्ने अवसरवाट समेत चुकको छ।

पेरिस ओलम्पिक २०२४ मा फोगाटले पहिलो चरणमा टोकियो ओलम्पिककि स्वर्ण पदक विजता तथा चार पटककि विश्व च्याम्पियन युई सुसाकीले पराजित गरेकि थिइन् । त्यस्तै क्वाटर फाइनलमा पूर्व युरोपीयन च्याम्पियन तथा विश्व च्याम्पियनसिपकि काँश्य पदक विजेता खेलाडी लिवाचलाई पराजित गरेकि थिइन् ।

यसैगरि मंगलवारराती भएको सेमिफाइनल खेलमा क्युवाकि खेलाडी युस्नेलिस गुजमेन लोपेजलाई पराजित गरेर फाइनलमा प्रवेश गरेकि थिइन् । फाइनलमा फोगाटको भिडन्त अमेरिकाकि सारा उन हिल्डेब्रान्टसंग हुने खेल तालिक रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :