दोश्रो एकदिवसिय खेलमा भारतमाथि शान्दार जित हासिल गर्दै श्रीलंकाले श्रृंखलामाथि कब्जा जमाएको छ । तीन म्याचको श्रृंखलामा श्रीलंकाले भारतमाथि २-० ले जित हासिल गर्दै २७ वर्षपछि आफ्नो भूमिमा भारतविरुद्ध श्रृंखला जितेको हो ।
प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलंकाले पहिले ब्याटिङ गदैै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४८ रन बनाएको थियो । श्रीलंकाको तर्फबाट अविष्का फर्नान्डोले सर्वाधिक ९६ रनको पारी खेलका थिए । त्यसतै कुशल मेन्डिजले ५९ रनको पारी खेल्दा पथुम निसङ्काले ४५ रन बनाएका थिए ।
भारतको तर्फबाट रियान पराग सवैभन्दा सफल बलर बने । उनले श्रीलंकाका महत्वपूर्ण ३ विकेट लिएका थिए । त्यस्तै अक्षर पटेल, मोहम्मद सिराज, वासिङ्गटन सुन्दर र कुलदीप यादवले १-१ विकेट लिएका थिए ।
२४९ रनको विजय लक्ष्य पाएको भारत २६.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३८ रनमा समेटिएको थियो । भारतको तर्फबाट कप्तान रोहित शर्माले ३५ रनको पारी खेले पनि अन्य खेलाडी खासै योगदान दिन सकेनन् । यसरी भारत श्रीलंकासँग ११० रनले पराजित भएको थियो ।
भारतलाई सस्तैमा समेट्न स्पीनर डुनिथ वेलालगेले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ५ विकेट लिएका थिए । त्यस्तै जेफरी वेन्डरसे र महिश तिक्ष्णाले २-२ विकेट र असिथा फर्नान्डोले १ विकेट लिएका थिए ।