काठमाडौं । जारी ललित स्मृति एन्फा यु-१८ युथ लिगमा मछिन्द्र फुटबल क्लब बराबरीमा रोकिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न पहिलो खेलमा मछिन्द्रले नेपाल पुलिस क्लबसँग ३-३ गोलको बराबरी खेलेको हो ।
मछिन्द्रका लागि पदम तामाङ, प्रशान्त मेन्याङ्बो र रोनिक रानामगर तथा पुलिसका लागि विक्रम गौतम, कप्तान सुवास बम र सुजलमान घलेले गोल गरे ।
यो बराबरीसँगै ८ खेलमा १५ अंक जोडेको मछिन्द्र चौथो स्थानमा रहेको छ । यस्तै पुलिस समान खेलमा २० अंकका साथ शीर्ष स्थानमा यथावत् रहेको छ ।