फ्रान्समा जारी पेरिस ओलम्पिक २०२४ मा सर्वाधिक पदक जितेर संयुक्त राज्य अमेरिकाले अङ्क तालिकामा शीर्ष स्थान कायम गर्न सफल भएको छ । अमेरिकाले बिहीबार सम्पन्न खेलसम्म ३० स्वर्ण, ३८ रजत र ३५ काँश्यसहित कुल १०३ पदक जित्दै शीर्ष स्थानमा रहन सफल भएको हो ।
त्यस्तै दोश्रो स्थानमा रहेको चीनले २९ स्वर्ण ३५ रजत र १९ काँश्यसहित कुल ७३ पदक जितेर अमेरिकालाई पछ्याई रहेको छ । यी दुई राष्ट्रबीच एउटा स्वर्ण पदकको मात्रै अन्तर रहेको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले १८ स्वर्ण, चौथो स्थानमा रहेको आयोजक फ्रान्सले १४ र पाँचौं स्थानमा रहेको ग्रेट ब्रेटेनले १३, छैठौं स्थानमा रहेको दक्षिण कोरियाले १३, र सातौं स्थानमा रहेको जापानले १३ स्वर्ण पदक जित्न सफल भएका छन् ।
त्यस्तै दोहोरो अङ्कमा स्वर्ण पदक जित्ने मुलुकहरुमा नेदरल्याण्डले ११ स्वर्ण जित्दै आठौं र १० स्वर्ण पदक जितेको इटाली नवौं स्थानमा रहेको छ । यसैगरि १० औं स्थानमा रहेको जर्मनीले ९ स्वर्ण पदक जितेको छ ।