दशरथ रङ्गशालाले पुनः पायो अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाले पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। विगत केही महिना यता राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नै स्वामित्वमा राखेर रङ्गशालाको संरक्षण गर्न थालेपछि एसियाली फुटबल महासंघले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति दिएको छ ।

विभिन्न प्रश्न उठाउदै एफसीले केही समयअघि दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य ठहर गरेको थियो।
अन्तर्राष्ट्रिय मान्यता गुमाएपछि राखेपले गत चैत्रबाट दशरग रङ्गशाला मैदानको रेखदेख र संरक्षण शुरु गरेको थियो ।

रङ्गशाला विवादमा तानिदै अन्तर्राष्ट्रिय मान्यता गुमाएपपछि राखेपले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को जवाफ अनुसार दशरथ रङ्गशालालाई एएफसीबाट अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्न योग्य रहेको रिर्पोट प्राप्त भएको बताइएको छ ।

यसैबीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रङ्गशालाको निरिक्षण तथा अवलोकन गरि मापदण्ड पुरा भएको प्रतिवेदन बुझाएको एन्फाले जनाएको छ।

दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन प्राप्त भएसँगै यही साउन २९ गते एएफसी च्याजेन्ज लिगको प्लेअप अन्तर्गत नेपालको चर्चब्वाईज युनाईटेड र भुटानको पारो एफसी बीचको खेल यही मैदानमा हुने पक्का भएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दशरथ रङ्गशाला अयोग्य ठहर भएपछि नेपालमा नै २०८० चैत्र ८ गते आयोजना हुने भनिएको विश्वकप छनौटको दोश्रो चरण अन्तर्गत नेपालले बहराइ र युएईसँगको खेल साउदी अरेबियामा खेल्नुपरेको थियो ।

रङ्गशालाले एसफसीबाट पुनः अन्तर्राष्ट्रिय मान्यता पाएपछि राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपाली दर्शकले फेरी रङ्गशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाउने बताए। यसतै उनले रङ्गशालाको खेल मैदान रेखदेख र संरक्षणमा राखेपले निकै मेहनत गरेको भन्दै अब कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :